२०८२ माघ ५ गते , सोमबार

एसईई : झापामा ३४ प्रतिशत 'नन-ग्रेडेड', ३.६ देखि ४ जीपीए ल्याउने १५२८

sajilo news
झापा
२०८२ असार १४ गते , शनिबार
एसईई : झापामा ३४ प्रतिशत 'नन-ग्रेडेड', ३.६ देखि ४ जीपीए ल्याउने १५२८

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाबाट सहभागी भएका विद्यार्थीहरूमध्ये झन्डै ३४ प्रतिशतले 'नन-ग्रेडेड' ल्याएको पाइएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले गरेको नतिजा अनुसार जिल्लामा ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । झापामा ३.६० देखि ४ जीपीएसम्म १५२८ जना अर्थात् १०.०५ प्रतिशत , ३.२० देखि ३.६० जीपीएसम्म ३४३२ जना अर्थात् २२.५८ प्रतिशत ,२.८० देखि ३.२० जीपीएसम्म ३३०५ जना अर्थात् २१.७५ प्रतिशत , २.४० देखि २.८० जीपीएसम्म १५८३ जना अर्थात् १०.४२ प्रतिशत , २ देखि २.४० जीपीएसम्म १४३ जना अर्थात् ०.९४ प्रतिशत उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापाबाट प्राप्त विवरणअनुसार कुल १५,२४१ जना विद्यार्थीमध्ये ५,२०६ जनाको नतिजा 'नन-ग्रेडेड' मा परेको छ, जुन कुल सङ्ख्याको ३४.२६ प्रतिशत हो । 

विद्यार्थीले ग्रेड नै नपाउनु शिक्षा प्रणालीप्रतिको गम्भीर प्रश्नको रुपमा देखिएको छ। यसले विद्यार्थीहरूको उपस्थिति, पढाइको गुणस्तर तथा अन्य व्यवस्थापकीय पक्षमा सुधार आवश्यक देखिएको छ ।  ननग्रेडड विद्यार्थीहरूले साउन २९ देखि मौका परीक्षा दिन पाउने जनाइएको छ । 

सम्बन्धित समाचार