स्वास्थ्य बीमा बोर्डको सूचनाको अर्थ नबुझी सामाजिक सञ्जालमा फैलियो भ्रम, प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था अनिवार्य
झापा । स्वास्थ्य बीमा बोर्डले आइतबार एउटा सूचना प्रकाशन गर्यो । बोर्डले जारी गरेको सूचनाको विषयमा लेखिएको छ, 'प्रथम बिन्दु सेवा हटाइने सम्बन्धमा' । बोर्डले जारीको सूचनाको अर्थ भने अर्को छै । तर, स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका सदस्य सहितको परिवारले त्यो सूचनाको अर्थ नबुझेर सामाजिक सञ्जालमा बोर्डको सूचनासहित जनमासमा भ्रामक पोस्ट गरिरहेको पाइएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको अधिकांश सदस्यहरूले अब कुनै पनि रिफर विनै बिमा लागू भएकोले जुनसुकै हस्पिटलमा स्वास्थ्य उपचार गराउन पाउने भनी शब्दहरू लेखिरहेको पाइएको छ । यथार्थमा चाहिँ त्यस्तो होइन ।
यस्तो छ सूचना :
.jpg)
बोर्डको सूचनाको अर्थात् चाहिँ यस्तो छ । बोर्डले सूचना मार्फत भन्न खोजेको कुरा चाहिँ अबदेखि सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने भनिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय गरिएको हो । यो निर्णयले देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। हालसम्म यी संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए ।
स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको सूचनामा भनिएको छ, ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ ।’ यो निर्णयको सूचना बोर्डका सबै प्रदेश शाखा कार्यालयहरू, जिल्ला सम्पर्क कार्यालयहरू र सूचना प्रविधि शाखालाई पठाइएको छ । यस परिवर्तनले स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने बिरामीहरूमा के कस्तो प्रभाव पार्छ भन्ने विषयमा सरोकारवालाको चासो बढेको छ । अब मात्र सरकारी स्वास्थ्य संस्थाहरूबाट प्रथम सेवा विन्दुको सुविधा प्राप्त हुने भएकाले सेवाग्राहीहरूलाई सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा जानुपर्ने बाध्यता हुन्छ । बोर्डले यी ५६ स्वास्थ्य संस्थाहरुलाई प्रथम सेवा विन्दु हटाएको हो । यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ ।
यो हेर्नुहोस्, प्रथम प्रथम सेवा विन्दु हटाइएको स्वास्थ्य संस्थाहरुको सूचि :-

