भद्रपुरका प्रज्ञा र वीरेन्द्रसहित झापाका ३१ विद्यार्थीले ल्याए चार जीपीए (नामवालीसहित)
झापा । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका ३१ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । सबैभन्दा बढी मोहनमाया मावि बिर्तामोडका चार जनाले चार जीपीए ल्याएका छन् भने निजी विद्यालयतर्फ इमिनेन्ट कञ्चनजङ्घा इङ्गिलस बोर्डिङ स्कुल गौरादहका पनि चारजना विद्यार्थीहरूले चार जीपीए ल्याएका छन् ।
मोहनमायाका अनुपमा निरौला, अनुराग लुइँटेल, अश्विन लुइँटेल र एलिना तिम्सिनाले चार जीपीए ल्याएका हुन् । त्यस्तै इमिनेन्ट कञ्चनजङ्घाका हेमन्त राजवंशी, कुशल लिम्बू , मुना पाण्डे र रोशिका राजवंशीले चार जीपीए ल्याएका छन् । त्यस्तै बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडका अंकित कटुवाल र ह्रदयप्रसाद शिवाकोटीले चार जीपीए ल्याएका छन् । बिर्तामोडकै अनारमनी लिवर्टी स्कुलका सरोज निरौला र सौरव अग्रवालले चार जीपीए ल्याएका छन् ।

त्यस्तै सिद्धार्थ बोर्डिङ दमकका अपेक्षा लुइँटेल र अर्पण ढकालले चार जीपीए ल्याएका छन् भने माउन्ट एभरेस्ट मावि गौरादहका अर्पण रोय र जेनिश कोइरालाले पनि चार जीपीए ल्याएका छन् । त्यस्तै हिमालय मावि दमकका एन्जल लुइँटेल र अवसर शर्माले चार जीपीए ल्याएका छन् । त्यस्तै नमूना अंग्रेजी माध्यमिक विद्यालय गौरादह ७ का एलिसा सापकोटा र सुमेधा कोइरालाले चार जीपीए ल्याएका छन् । चार जीपीए ल्याउने भद्रपुरका निजी विद्यालयतर्फ प्रज्ञा एकाडेमीकी मिनुकुमारी दास र सामुदायिकतर्फ वीरेन्द्र मावि चन्द्रगढीका दीप मोते रहेका छन् ।
चार जीपीए ल्याउने अन्य विद्यार्थीहरूमा महेन्द्ररत्न मावि बिर्ताबजारकी विद्या दाहाल, इस्ट होराइजन मावि मेचीनगरकी अन्वेषा श्रेष्ठ, ज्ञानोदय आवासीय मावि गौरीगञ्जकी सलिना कार्की, ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्जका सागर राउत , मदरल्याण्ड इङ्गिलस बोर्डिङ स्कुल दमककी नेहारिका शर्मा, नेशनल मेरीगोल्ड इङ्गिलस बोर्डिङ स्कुल चन्द्रगढीका प्रनिल सत्याल , झापा मोडल इङ्गिलस सेकेन्डरी स्कुल दमकका प्रज्वल पौडेल, लक्ष्मी सेकेन्डरी स्कुल अर्जुनधाराका आशुतोष ढुगेल र पारिजात इङ्गिलस बोर्डिङ स्कुल मेचीनगरकी नुब्सा लिम्बू रहेका छन् ।
हेर्नुहोस् सूचि :
