यस्तो छ कचनकवलका विद्यालयहरूको एसईई नतिजा, सामुदायिक विद्यालयमा सुधार
कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरूको नतिजामा केही सुधार आएको पाइएको छ ।
२०८१ सालको एसईईमा शून्य नतिजा ल्याएका चार विद्यालयहरू बुद्ध मावि, लक्ष्मी मावि, जानकी मावि र शिव माविले यस वर्षको नतिजामा सुधार ल्याउँदै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्। सामुदायिक विद्यालयहरूबाट प्राप्त विवरण अनुसार बुद्ध माविबाट २९ जनामध्ये ३ जना, लक्ष्मी माविबाट ३६ जनामध्ये १३ जना, जानकी माविबाट २१ जनामध्ये २ जना र शिव माविबाट २२ जनामध्ये ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
.jpg)
त्यस्तै लक्ष्मीप्रसाद देवकोटा माविबाट ९० जनामध्ये ३५ जना, मोती माविबाट ५६ जनामध्ये २० जना, पथरिया माविबाट ६९ जनामध्ये १५ जना, महेन्द्र रत्न माविबाट २८ जनामध्ये २ जना, जानकी माविबाट २० जनामध्ये एक जना र जनता माविबाट ३३ जनामध्ये २३ विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसैगरी निजी विद्यालयहरूको विवरण अनुसार साउथ दीप एकेडेमीबाट १५ जनामध्ये १४ जना, स्वर्णिम शिक्षा सदनबाट २७ जनामध्ये २६ जना, विद्यावाणी माविबाट ४६ जनामध्ये ३६ जना, विद्या निकेतन माविबाट ४८ जनामध्ये २७ जना र कचनकवल विद्या मन्दिरबाट १९ जनामध्ये ११ जना विद्यार्थी उत्तीर्ण भएका छन्। निजी विद्यालयहरूको नतिजा तुलना गर्दा केहीमा सुधार तथा केहीमा गिरावट आएको छ । कचनकवलबाट ५८५ जना विद्यार्थी एसईईमा सहभागी भएकोमध्ये २७० जना उत्तीर्ण भएका छन् । प्रतिशत दर ४६.१५ रहेको छ ।