२०८३ बैशाख १९ गते , शनिबार

बाल संगठन झापाको सभापतिमा जीवनकुमार श्रेष्ठ

sajilo news
झापा
२०८२ असार १७ गते , मंगलबार
बाल संगठन झापाको सभापतिमा जीवनकुमार श्रेष्ठ

भद्रपुर ।  नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा जीवनकुमार श्रेष्ठ चयन भएका छन् । नेपाल बाल संगठन‌को केन्द्रीय कार्य समितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान २०४९ बमोजिम भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख श्रेष्ठलाई तदर्थ जिल्ला कार्यसमिति झापाको सभापति पदमा मनोनयन गरेको हो। तदर्थ समितिका सभापति श्रेष्ठलाई सदस्य थप गरी कार्य विभाजन गर्न, सदस्यता विस्तार गर्न र ३ महिनाभित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । श्रेष्ठ भद्रपुर साइकल समाजका अध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका महासचिव हुन् । 

संगठनले श्रेष्ठलाई पठाए‌को पत्रमा, बाल संगठन र बाल मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिको व्यवस्थापन र उचित संरक्षण गर्न तथा संरक्षणविहीन बालबालिकालाई संरक्षकत्व प्रदान गर्दै बाल हितका कार्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। अनाथ र असहाय बालबालिकाको संरक्षणका लागि २०२१ सालमा खुलेको बाल संगठनका ६८ जिल्लामा कार्यालय छन् ।

झापामा बाल मन्दिरका नाममा ८ बिघा जमिन र आफ्नै भवन रहे पनि त्यसबाट असहाय र अनाथ बालबालिकाले फाइदा पाउन सकेका छैनन् ।भद्रपुर नगरपालिका–८ स्थित बाल मन्दिर विद्यालयको भवनमा २०६५ देखि जिल्ला शिक्षा कार्यालयअन्तर्गतको बाल विकास केन्द्र सञ्चालनमा छ। तर, न्यून सङ्ख्यामा रहेका त्यहाँका बाल बालिकालाई सामुदायिक विद्यालयमा सञ्चालित बाल कक्षा सरहको हेरचाह र खाजा मात्र दिने गरिएको छ।

सम्बन्धित समाचार