२०८२ माघ ५ गते , सोमबार

एसईई : बिर्तामोडमा दुई वटा विद्यालय निल, कस्तो छ अन्य विद्यालयको नतिजा ?

sajilo news
झापा
२०८२ असार १९ गते , विहीबार
एसईई : बिर्तामोडमा दुई वटा विद्यालय निल, कस्तो छ अन्य विद्यालयको नतिजा ?

झापा बिर्तामोडका विद्यालयहरूले यस वर्षको एसईईमा ७८.१५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइरहँदा दुई वटा विद्यालय भने निल भएका छन् । एउटा सामुदायिक र अर्को संस्थागत गरी दुई वटा विद्यालय एसईई परीक्षामा निल भएका हुन् । बिर्तामोड २ चैतुवारीको पञ्चरत्न मावि र बिर्तामोड ४ को सगरमाथा आवासीय बोर्डिङ स्कुलले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । पञ्चरत्नका तर्फबाट १० र सगरमाथाका तर्फबाट ३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै बिर्तामोडका ९ जना विद्यार्थीहरूले चार जीपीए ल्याएका छन् । मोहनमाया माविका तर्फबाट ४ जना , वाल्मीकि र अनारमनी लिवर्टी स्कुलका तर्फबाट दुई–दुई जना र महेन्द्र रत्न माविका तर्फबाट एक जनाले चार जीपीए ल्याएका हुन् ।

नगरका पाँच वटा विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याएका छन् । कमोनर्स होम फर स्कुल , काबेली रेसिडेन्टल इङ्ग्लिस मावि , लालीगुराँस इङ्ग्लिस स्कुल, लिटल फ्लावर्स अङ्ग्रेजी स्कुल र नवोदय फनमिन शिक्षा सदनले शत प्रतिशत नतिजा ल्याएका हुन् ।

नगरको विद्यालयहरूको एसईई नतिजा यस प्रकार रहेको छ । अनारमनी लिबर्टी स्कूलका २८ मध्ये २२ जना अर्थात् ७८.५७ प्रतिशत ,एसेन्ट एकेडेमीका १४ मध्ये १२ अर्थात् ८५.७१ प्रतिशत , एसेन्ट बोर्डिङ स्कूलका २१ मध्ये १६ अर्थात् ७६.१९ प्रतिशत , एमिटी माध्यमिक विद्यालयका मध्ये ५६ जना अर्थात् ९१.८० प्रतिशत ,बाल कल्याण आवासीय मा.वि.का १२ मध्ये १० जना अर्थात् ८३.३३ प्रतिशत , वाल्मीकि एजुकेशन फाउन्डेसनका १७१ मध्ये १६६ जना अर्थात् ९७.०८ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै बेल्स मोडेल स्कूलका ४६ मध्ये ३८ जना अर्थात् ८२.६१ प्रतिशत , वीर अमरसिंह माध्यमिक विद्यालयका ५० मध्ये २२ जना अर्थात् ४४ प्रतिशत ,विराट ज्योति इङ्ग्लिस बोर्डिङ माविका ५५ मध्ये ३३ जना अर्थात् ६० प्रतिशत ,बुद्ध स्मृति एजुकेशन फाउन्डेसनका २२ मध्ये १८ जना अर्थात् ८१.८२ प्रतिशत , चिल्ड्रेन इन्भाइरोमेन्टका २८ मध्ये २५ अर्थात् ८९.२९ प्रतिशत ,कमोनर्स होम फर स्कुलका १५ मध्ये शतप्रतिशत ,देवी माध्यमिक विद्यालयका १६१ मध्ये ६१ अर्थात् ३७.८९ प्रतिशत , देवी माध्यमिक विद्यालय ( खुला)तर्फ १९ मध्ये १ जना अर्थात् ५.२६ प्रतिशत देवकुल माध्यमिक विद्यालयका २५ मध्ये २३ जना अर्थात् ९२ प्रतिशत , दुर्गा मा विका १०९ मध्ये ५२ जना अर्थात् ४७.७१ प्रतिशत , इडेन गार्डेन एजुकेशन फाउन्डेसनका ४५ मध्ये ४१ जना अर्थात् ९१.११ प्रतिशत , एभरेस्ट स्मार्ट एजुकेशन एकेडेमीका २० मध्ये १८ जना अर्थात् ९० प्रतिशत ,९ ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कूलका ३० मध्ये २९ जना अर्थात् ९६.६७ प्रतिशत , गोमेन्द्र बिर्ता मोडेल इङ्ग्लिस बोर्डिङ स्कूलका २७ मध्ये २४ जना अर्थात् ८८.८९ प्रतिशत , ग्रीन फिल्ड वर्ल्ड स्कूलका ३७ मध्ये ३६ जना अर्थात् ९७.३० प्रतिशत ,.काबेली रेसिडेन्टल इङ्ग्लिस माध्यमिक विद्यालयका ५ मध्ये शतप्रतिशत,कञ्चन इङ्ग्लिस बोर्डिङ स्कूलका २३ मध्ये २१ ज्ना अर्थात् ९१.३० प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यसैगरी कंचनजङ्घा इङ्ग्लिस माध्यमिक विद्यालयका १३० मध्ये ११४ जना अर्थात् ८६.६९ प्रतिशत , कनकाई आवासीय इङ्ग्लिस माविका २४ मध्ये १८ जना अर्थात् ७५ प्रतिशत ,लालीगुराँस इङ्ग्लिस स्कूलका १६ मध्ये शतप्रतिशत ,लिटल एन्जल इङ्ग्लिस स्कूलका ८ मध्ये ७ जना अर्थात् ८७ं.५० प्रतिशत ,लिटिल फ्लावर्स अङ्ग्रेजी स्कूलका १४३ मध्ये शतप्रतिशत ,महेन्द्र ज्योति माविका २३ मध्ये ४ जना अर्थात् १७.३९ प्रतिशत ,महेन्द्र रत्न माविका १५१ मध्ये १०८ जना अर्थात् ७१.५२ प्रतिशत ,मनकामना माविका ४३ मध्ये ४० जना अर्थात् ९६.०२ प्रतिशत ,मोहनमाया माविका १५३ मध्ये १४३ जना अर्थात् ९३.४६ प्रतिशत ,नवोदय फनमिन शिक्षा सदनका ३२ मध्ये शतप्रतिशत , न्यूटन्स एजुकेशन एकेडेमीका १०७ मध्ये १०२ जना अर्थात् ९५.३३ प्रतिशत ,निदि माविका ४१ मध्ये ३७ जना अर्थात् ९०.२४ प्रतिशत ,पञ्चरत्न माविका १० मध्ये शून्य प्रतिशत ,शान्ति एजुकेशन फाउन्डेसनका १७ मध्ये १६ जना अर्थात् ९४.१२ प्रतिशत , रुद्र मेमोरियल इङ्ग्लिस आवासीय माविका ११ मध्ये ४ जना अर्थात् ३६.३६ प्रतिशत ,सगरमाथा आवासीय माविका ३ मध्ये शून्य प्रतिशत ,साङ्गवेद संस्कृत माविका ३० मध्ये २९ जना अर्थात् ९६.६७ प्रतिशत ,सरस्वती एन्जल्स इङ्ग्लिस स्कूलका २४ मध्ये १४ जना अर्थात् ५६.३३ प्रतिशत ,सरस्वती माध्यमिक विद्यालयका ४४ मध्ये ६ जना अर्थात् १ं३.६४ प्रतिशत , सेन्ट जेभियर्स स्कुल, देउनियाका ८२ मध्ये ७१ जना अर्थात् ८६.५९ प्रतिशत , तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलका १३ मध्ये ११ जना अर्थात् ८४.६२ र टावर टेम्पल स्कूलका २७ मध्ये २६ जना अर्थात् ९६.२० प्रतिशत उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ ।

सम्बन्धित समाचार