२०८२ माघ ५ गते , सोमबार

भद्रपुर माविबाट एसईईमा उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
भद्रपुर माविबाट एसईईमा उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान

भद्रपुर । भद्रपुर ५ नम्बर वडा कार्यालयले भद्रपुर माविबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ । वडा कार्यालयको सभा हलमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच एसइई उत्तीर्ण र विद्यालयका शिक्षकहरूलाई सम्मान गरेको हो । 

जिल्लाकै सबै भन्दा पुरानो विद्यालयको रुपमा परिचित भद्रपुर माविमा खस्किँदै गएको शैक्षिक गुणस्तरलाई सुधारोन्मुख गरेसँगै यस वर्षको एसईईको नतिजामा सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान लिम्बुले बताए । यस वर्ष ७९ जनामध्ये १९ जनाले उत्तीर्ण भएको र बाँकी विद्यार्थीहरूले साउन २९ गतेदेखि हुने एसईईको पूरक परीक्षामा ग्रेड वृद्धिका लागि सहभागी हुने उनले बताए । पूरक परीक्षाबाट थप विद्यार्थी उत्तीर्ण हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।  

वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षता भएको सम्मान कार्यक्रममा भद्रपुर मावि व्यवस्थापन समितिका अध्यक्ष लिम्बू, प्रधानाध्यापक होम गुरूग, शिक्षकहरू जयीता राय, पंकजकुमार घोष र विद्यार्थी काजल चौधरी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पशुपति प्रावि व्यवस्थापन समितिका अध्यक्ष उषा राजवंशीले राखेको कार्यक्रमको सञ्चालन वडा सदस्य जेष्ठमल ठाकुरले गरेका थिए । 

 

सम्बन्धित समाचार