२०८२ माघ ५ गते , सोमबार

हल्दीबारीमा बजार अनुगमन, शिक्षककै पसलमा म्याद गुज्रेका खाद्य सामग्री

sajilo news
झापा
२०८२ असार २४ गते , मंगलबार
हल्दीबारीमा बजार अनुगमन, शिक्षककै पसलमा म्याद गुज्रेका खाद्य सामग्री

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित मङ्गलबारे बजारका तीन वटा किराना पसलमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री फेला परेको छ। हल्दीबारी गाउँपालिकाले गरेको बजार अनुगमनको क्रममा  राजवंशी किराना पसल, खरेल किराना पसल र अल पसलमा म्याद गुज्रेका सामग्री फेला परेको हो । अनुगमन टोलीले अखाद्य सामग्री बेच्ने तीनै वटै पसल सञ्चालकलाई पहिलो पटक चेतावनी दिँदै तीन दिनभित्र सबै अखाद्य वस्तु हटाउन निर्देशन दिइएको छ ।

हल्दीबारीका गोलधाप बजार, बडाबारी बजार, कञ्चनश्री बजार, ढडुवा बजार, पाराखोपी बजार र स्कुलचोक बजार समेतका पसलहरूको पनि क्रमशः अनुगमन गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । टोलीले सोमबार  २० भन्दा बढी पसलहरूको अनुगमन गरेको थियो । केही पसलहरू बिना कागजपत्र सञ्चालनमा रहेको पाइएको छ भने, अनुगमन टोली आएको थाहा पाउनासाथ केही सञ्चालकहरू पसल बन्द गरी भागेका थिए। पसलहरूलाई मूल्य सूची, होर्डिङ बोर्ड, बिल रसिद र अन्य आवश्यक कागजातहरू १५ दिनभित्र गाउँपालिकामा बुझाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत वनले बताए । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत वनसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।

शिक्षककै पसलमा म्याद गुज्रेका खाद्य सामग्री

हल्दीबारी–३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षक प्रकाश भट्टराईले सञ्चालन गर्दै आइरहेको अलपसल’ नामक किराना पसलमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेका छन्। पसलमा अनुगमन टोलीले  म्याद सकिएको विभिन्न किसिमका मसला, बच्चाहरूले खाने चिप्स लगायतका सामग्री फेला पारेको थियो । शिक्षक भट्टराईले सामाजिक सञ्जाल मार्फत त्रुटि भएको स्विकार्दै  साथै, समाचार सार्वजनिक भएपछि उनले हल्दीबारी डटकमका प्रधान सम्पादकप्रति व्यक्तिगत आरोप लगाउँदै “रिसिबीको न्युज” भनेर सामाजिक सञ्जालमार्फत टीकाटिप्पणी गरेपछि उनी विवादमा तानिएका हुन् । उनको यस्तो अभिव्यक्तिले आलोचना थपिएको छ। 

सम्बन्धित समाचार