२०८२ माघ ५ गते , सोमबार

हल्दिवारीमा एक व्यक्ति आफ्नै घरमा मृत फेला

sajilo news
झापा
२०८२ असार २८ गते , शनिबार
हल्दिवारीमा एक व्यक्ति आफ्नै घरमा मृत फेला

झापा हल्दिवारीका एक व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् । आज बिहान ६:३० बजे हल्दिबारी गाउँपालिका-३ गौरीगाउँ बस्ने ५४ वर्षीय सुरेन्द्र बन आफ्नै एक तले पक्की घरको बरन्डामा रहेको कोठामा उत्तानो अवस्थामा मृत फेला परेका हुन् ।

उनी मृत फेला परेको कोठाको ढोका खुला रहेको थियो ।  शंकास्पद मृत्यु भनिएपनि मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमान्डमा टोली खटाइएको छ ।

सम्बन्धित समाचार