बलिउड अभिनेता जामवाल हलिउड चलचित्रमा
मुम्बई । बलिउड अभिनेता विद्युत जामवाल पनि हलिउड चलचित्रमा जोडिएका छन् । आफ्नो सशक्त एक्सनका कारण लोकप्रियता हासिल गरेका अभिनेता विद्युत जामवाल हलिउडको लाइभ–एक्सन चलचित्र ’स्ट्रिट फाइटर’ अनुबन्धित भएका छन् । यो एक प्रतिष्ठित भिडियो गेम फ्रान्चाइजीमा आधारित हलिउडको चलचित्र हो ।
डेडलाइनको रिपोर्ट अनुसार, विद्युत हलिउड चलचित्र ’स्ट्रिट फाइटर’ मा ढलसिमको भूमिकामा प्रस्तुत हुँदै छन् । यस चलचित्र मार्फत विद्युतले हलिउडमा डेब्यू गर्न लागेका हुन् । वास्तविक जीवनमा मार्सल आर्टका विशेषज्ञ विद्युत् जामवाल अब यो चलचित्रमा आफ्नो भूमिकालाई लिएर धेरै उत्साहित छन् । ढलसिमको उनको चरित्र एक चमत्कारी अग्नि सास फेर्ने योगीको हुने छ । जो योग र मार्सल आर्टमा विशेषज्ञ मानिन्छन् । यो चलचित्रको पहिलो सृंखला सन १९९१ मा ’स्ट्रिट फाइटर आइआइयु’ नाममा बनेको थियो । यो चलचित्रमा ढलसिम आफ्नो परिवारको रक्षा र समर्थन गर्न मात्र लड्छन्।
यो चलचित्रलाई किताओ सकुराईले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा बिद्युतसँगै एन्ड्रयू कोजी, नोआ सेन्टिनियो, जेसन मोमोआ, रोमन रेन्स, ओर्भिल पेक र एन्ड्रयू शुल्ज पनि मुख्य भूमिकामा हुने छन् ।