२०८२ माघ ५ गते , सोमबार

कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान' समाचारप्रति भद्रपुर माविको ध्यानाकर्षण, सत्यतथ्य छानबिन गर्न माग

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण २ गते , शुक्रबार
कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान' समाचारप्रति भद्रपुर माविको ध्यानाकर्षण, सत्यतथ्य छानबिन गर्न माग

भद्रपुर । विद्यालयको नाम जोडिएर आएको समाचारको सत्य तथ्य छानबिन गर्न भद्रपुर माविले नियामक निकायसँग आग्रह गरेका छन् । टाइम्स अफ प्रदेश अनलाइनमा साउन १ गते प्रकाशित एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान', पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा भन्ने शीर्षकको समाचारमा भद्रपुर माविको नाम जोडिएको थियो । विद्यालयको नाम जोडिएपछि विद्यालय प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति भनिएको छ, 

भद्रपुर माविमा २०७९ सालदेखि कक्षा १२ को परीक्षा केन्द्र कायम भएको र परीक्षा अनुशासित र मर्यादित ढङ्गबाट सञ्चालन गर्दै आएको सर्वविदितै छ । परीक्षा सञ्चालन गर्दा कसैसँग प्रभावित नभई निष्पक्ष र मर्यादित ढङ्गबाट सञ्चालन गर्दै आएका छौँ समाचारमा उल्लेख भएअनुसार भद्रपुर- ५ स्थित कक्षा ११/१२ सञ्चालित संस्थागत विद्यालयका विद्यार्थीहरूको परीक्षा २०८१ मा यस परीक्षा केन्द्रमा नरहेको प्रस्ट पार्दछौ । विद्यालयको छविसँग जोडिएर आएको समाचारप्रति विद्यालय परिवार दुःख व्यक्त गर्दछ । साथै विद्यालयसँग जोडिएर आएको समाचारको सत्य तथ्य छानबिन गर्न सम्बन्धित नियामक निकायसँग विद्यालय परिवार आग्रह गर्दछ । 

संस्थागत विद्यालयबीच अहिले “विद्यार्थी तानातान” को प्रतिस्पर्धा तीव्र चलिरहेको छ । यो विद्यार्थी तानातानको प्रतिस्पर्धा जिल्लाकै सदरमुकाम भद्रपुरसहित झापामा पनि देखिएको छ ।  कक्षा ११ मा गुणस्तर शिक्षाको नाममा अभिभावकलाई विभिन्न प्रलोभन देखाएर भद्रपुरका एक पुराना संस्थागत विद्यालयले विद्यार्थीलाई नै खरिद गरिरहेको जनगुनासो अभिभावकहरूबाट आउन थालिसकेको छ । विद्यालयले विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा छात्रवृत्ति दिनु त्यो अभिभावकको लागि राम्रो हो । त्यसलाई गलत भन्न मिल्दैन । तर, ती विद्यालयमा कार्यरत एकाउन्ट हेर्ने शिक्षकले एसईई उत्तीर्ण गरेका एक विद्यार्थीलाई फेसबुक मेसेन्जरमा लेख्दै भनेका छन्– “कक्षा ११ को परीक्षामा बस्ने बित्तिकै पास भइहालिन्छ, ११ पास हुन केही पनि छैन । मेन भनेको कक्षा १२ हो । हाम्रो चाहिँ १२ कक्षाको परीक्षा केन्द्र भद्रपुर मावि हुन्छ, एमरेल्डमा होइन । भद्रपुर माविमा परीक्षा दिँदा मज्जाले पास हुने वातावरण हामी बनाउँछौँ ।” यी कुरा समाचारमा उल्लेख भएको थियो । 

यो पनि पढ्नुहोस्

एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान', पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा

 

सम्बन्धित समाचार