२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा पहिलो ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न, अग्रज साइकल यात्री मनोज सम्मानित

sajilo news
झापा
२०८२ श्रावण ३ गते , शनिबार
भद्रपुरमा पहिलो ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न, अग्रज साइकल यात्री मनोज सम्मानित

झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको  ‘कोरा साइक्लिङ च्यालेन्ज’ भव्य रुपमा सम्पन्न भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक  ‘कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गरिएको थियो ।

भद्रपुर साइकल समाज झापाको आयोजनामा प्रथम संस्करणको  ‘कोरा साइक्लिङ च्यालेन्ज’ आज बिहान ६ः१५ बजे मेची रंगशाला अगाडिबाट सुरु भई पुनः रंगशालामा आएर १० बजे समापन गरिएको थियो । ५० किलोमिटरको ‘कोरा साइक्लिङ च्यालेन्ज’ बालबालिका, महिला तथा पुरुष गरी दुई सय भन्दा बढीको सहभागिता रहेको साइकल समाजका अध्यक्ष जीवन‌कुमार श्रेष्ठले जानकारी दिए । 

भद्र‌पुरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्‌दै गरिएको साइकल यात्राले नगरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृ‌द्धिमा सहयोग पुगेको श्रेष्ठको भनाई छ ।  'यो आध्यात्मिक यात्रा थियो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो,' उनले भने ।

भद्रपुर नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रममा पछि समापन कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति थियो । समापन कार्यक्रममा अग्रज साइकल  यात्री भद्रपुर- ५ निवासी मनोजकुमार सिंहलाई सम्मान गरिएको थियो, भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साइकल समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, विश्व साइकल यात्री शाह, महिला यात्री शर्मिला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 

सम्बन्धित समाचार