२०८३ बैशाख २ गते , बुधबार

१५ वर्षीय बालकको पेटबाट निकालियो कैँची

sajilo news
मोरङ
२०८२ श्रावण ४ गते , आईतबार
१५ वर्षीय बालकको पेटबाट निकालियो कैँची

खेल्ने क्रममा अचानक उदयपुरका १५ वर्षीय एक बालकले कैँची नै निल्न पुगेपछि अपरेसन गरेर उक्त कैँची निकालिएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले आकस्मिक कक्षमा ल्याएका वालकको पेटबाट कैँची निकालेको हो । आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको आधारमा उनको पेटको ठुलो आन्द्राभित्र कैँची अड्किएको पुष्टि भएको थियो । घटना अत्यन्तै जटिल र संवेदनशील रहे पनि नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा अमित भट्टराई र उनको सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालेका छन्।
डा भट्टराईले भने– “बालकको आन्द्रामा कैँची अड्किएर त्यसले थप जटिलता ल्याउन सक्थ्यो, तर समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत निकाल्न सफल भयौँ। अहिले बिरामीको अवस्था स्थिर छ।” दुई दिनको अस्पताल बसाइपश्चात् बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन् ।

सम्बन्धित समाचार