२०८२ माघ ५ गते , सोमबार

कक्षा ११ को विद्यार्थी भर्नाका लागि प्रभाव पार्ने प्रयासमा नलाग्न संस्थागत विद्यालयहरूलाई नगरपालिकाको निर्देशन

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण ५ गते , सोमबार
कक्षा ११ को विद्यार्थी भर्नाका लागि प्रभाव पार्ने प्रयासमा नलाग्न संस्थागत विद्यालयहरूलाई नगरपालिकाको निर्देशन

भद्रपुर । भद्रपुर नगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि प्रभाव पार्ने प्रयास नगर्न, नगराउन संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

टाइम्स अफ प्रदेश अनलाइनमा साउन १ गते प्रकाशित एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान' पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएसँगै भद्रपुर नगरपालिकाले यस्तो निर्देशन दिएको हो । नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै भद्रपुर नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका केही संस्थागत विद्यालयहरूले नियम विपरीत विद्यार्थी तथा अभिभावकहरूलाई विभिन्न प्रलोभन देखाउनुका साथै एक विद्यालयले अर्को विद्यालयप्रति विभिन्न आक्षेप लगाउँदै कक्षा ११ मा विद्यार्थी भर्नाका लागि प्रभावमा पार्ने प्रयास गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरूबाट आएको हुँदा कुनै पनि विद्यालयले सो किसिमका क्रियाकलाप सञ्चालन नगर्न नगराउन अनुरोध गरेको छ ।

यसअघि भद्रपुर माविले ध्यानाकर्षणसहितको विज्ञप्ति जारी गर्दै विद्यालयको नाम जोडिएर आएको समाचारको सत्य तथ्य छानबिन गर्न पनि नियामक निकायसँग आग्रह गरेको छ । एसईई नतिजापछि नगरभित्रका संस्थागत विद्यालयबीच “विद्यार्थी तानातान” को प्रतिस्पर्धा चलिरहेको छ । कक्षा ११ मा गुणस्तर शिक्षाको नाममा अभिभावकलाई विभिन्न प्रलोभन देखाएर भद्रपुरका एक पुराना संस्थागत विद्यालयले विद्यार्थीलाई नै खरिद गरिरहेको जनगुनासो अभिभावकहरूबाट आउन थालिसकेको छ ।

विद्यालयले विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा छात्रवृत्ति दिनु त्यो अभिभावकको लागि राम्रो हो । त्यसलाई गलत भन्न मिल्दैन । तर, ती विद्यालयमा कार्यरत एकाउन्ट हेर्ने शिक्षकले एसईई उत्तीर्ण गरेका एक विद्यार्थीलाई फेसबुक मेसेन्जरमा लेख्दै भनेका छन्– “कक्षा ११ को परीक्षामा बस्ने बित्तिकै पास भइहालिन्छ, ११ पास हुन केही पनि छैन । मेन भनेको कक्षा १२ हो । हाम्रो चाहिँ १२ कक्षाको परीक्षा केन्द्र भद्रपुर मावि हुन्छ, एमरेल्डमा होइन । भद्रपुर माविमा परीक्षा दिँदा मज्जाले पास हुने वातावरण हामी बनाउँछौँ ।” यी कुरा समाचारमा उल्लेख भएको थियो । 

यो पनि पढ्नुहोस् :

एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान', पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा

सम्बन्धित समाचार