२०८३ बैशाख ३ गते , विहीबार

‘सैयारा’ फिल्मले कमायो २०० करोड

sajilo news
एजेन्सी
२०८२ श्रावण १२ गते , सोमबार
‘सैयारा’ फिल्मले कमायो २०० करोड

मुम्बई । बलिउड चलचित्र ‘सैयारा’ ले स्वदेशी बक्स अफिसमा आफ्नो पकड निरन्तर उस्तै बनाएको छ । यो चलचित्रले रिलिज भएको ९ दिनमा भारतीय बक्स अफिसमा २०० करोडको व्यापार गरेको ।

स्याकानिल्कको रिपोर्ट अनुसार, यो चलचित्रले नवौँ दिन शनिवारसम्म स्वदेशी बजारबाट २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । यो चलचित्रले आठौँ दिन शुक्रवार १८ करोडको व्यापार गरेको छ । आठौँ दिनमा यो चलचित्रले भारतमा कुल १८७.५४ करोड रुपैयाँ कमाएको थियो ।

यस्तै यो चलचित्रले नवौँ दिन शनिवार १७ करोडको हाराहारीमा व्यापार गरेपछि ‘सैयारा’को व्यापार २०० करोडबाट माथि चढेको बक्स अफिस रिपोर्टले जनाएको छ ।

यो चलचित्रको अहिलेसम्मको व्यापार हेर्दा सातौँ दिन १९ करोड रुपैयाँ, छैटौँ दिन २१ करोड, पाँचौँ दिन २५ करोड, चौथो दिन २४ करोड, तेस्रो दिन ३५.७५ करोड, दोस्रो दिन २६ करोड र पहिलो दिन २१.५ करोड रुपैयाँ कमाएको थियो ।

चलचित्रमा युवा दर्शकहरूको भिड देखिएको छ । विशेष गरी स्कुल र कलेजका विद्यार्थीहरू कलेजको पहिरनमै यो चलचित्र हेर्न गएको दृश्य अधिकांश चलचित्र घरमा देखिएको छ । रिलिज भएको दोस्रो हप्तामा पनि चलचित्र कमाइमा कमी आएको छैन ।

अनित पड्डा र अहान पाण्डे अभिनीत ‘सैयारा’ रिलिज भएदेखि नै निरन्तर उस्तै कमाइको कारणले चर्चामा छ । कुल बजेट ६० करोड रुपैयाँको बजेटमा निर्माण भएको यो चलचित्रले सुपर हिट चलचित्रको दर्जा पाइसकेको छ ।

सम्बन्धित समाचार