२०८२ माघ ५ गते , सोमबार

एनपीएलको पहिलो सिजनबाट करिब साढे दुई करोड नाफा

sajilo news
काठमाडौं
२०८२ श्रावण १५ गते , विहीबार
एनपीएलको पहिलो सिजनबाट करिब साढे दुई करोड नाफा

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलको खर्च विवरण सार्वजनिक गरेको हो।

एनपीएलको पहिलो सिजनबाट क्यानले करिब साढे दुई करोड नाफा गरेको छ। प्रवक्ता छुम्बी लामाका अनुसार क्यानले एनपीएलबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा गरेको हो।

कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँमध्ये २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानले जनाएको छ। नाफा रकम ७ करोड ५३ लाख ९१ हजार २५९ मध्ये ५० प्रतिशत फ्रेन्जाइज ८ टिमलाई बाँडिएको थियो। जसमा कूल ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ रहेको प्रवक्ता लामाले बताए। त्यस्तै नाफा रकममध्ये ३ प्रादेशिक कार्यालयमा ७० लाखका दरले बाँडिएको क्यानले जनाएको छ। 

सम्बन्धित समाचार