२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा भोलि हाफ म्याराथन प्रतियोगिता हुँदै

sajilo news
झापा
२०८२ श्रावण २६ गते , सोमबार
भद्रपुरमा भोलि हाफ म्याराथन प्रतियोगिता हुँदै

भद्रपुर ।  झापाको सदरमुकाम भद्रपुरमा भोलि (मंगलबार) हाफ म्याराथन (दौड) प्रतियोगिता हुने भएको छ ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाको नगर युवा परिषद्को आयोजनामा मंगलबार बिहान भद्रपुरको पर्यटकीय स्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किचकबधसम्म पुरुष र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट किचकबधसम्म महिलाहरूको हाफ म्याराथन हुन लागेको हो । 

भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज भएको सर्वपक्षीय बैठकमा नगर युवा परिषद्ले म्याराथन तयारीका बारे जानकारी गराएको छ । नगरपालिकामा क्रियाशील संघ–संस्था र क्लबहरूको सहयोगमा म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिने उनको भनाई छ । 

एथलेटिक्सको नियम अनुसार गराइने प्रतियोगिताका लागि एथलेटिक्स प्रशिक्षक गोपाल यादव र कुमार श्रेष्ठले सहजीकरण गर्ने बताइएको छ । स्वस्थ समाज निर्माणमा युवाको सहभागिता र सक्रियता सुनिश्चित गर्ने उद्देश्यले पनि आयोजना गर्न लागिएको प्रतियोगितामा दुवै समूहबाट प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेलाई नगद ५ हजार पुरस्कारसहित मेडल–ट्रफी प्रदान गरिने नगरप्रमुख पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार