२०८२ माघ ५ गते , सोमबार

बक्स अफिसमा भिड्दै ऋतिकको ‘वार २’ र रजनीकान्तको ‘कुली’

sajilo news
एजेन्सी
२०८२ श्रावण २६ गते , सोमबार
बक्स अफिसमा भिड्दै ऋतिकको ‘वार २’ र रजनीकान्तको ‘कुली’

भारतमा पनि ठुला चार्ड पर्वमा ठुला स्टारका चलचित्रहरू जुध्ने गर्दछन् । यस्तै यस पटकको गणतन्त्र दिवसको अवसरमा यही बिहीबार दुई ठुला ब्यानरका चलचित्र आपसमा जुध्ने भएका छन् ।

यसराज फिल्मसको चलचित्र ‘वार २’ र लोकेश कनगराजको चलचित्र ‘कुली’ रिलिज हुँदै छ । ऋतिक रोशनको चलचित्र ‘वार–२’लाई बलिउडबाट निर्माण गरिएको हो । यो चलचित्र हिन्दीसहित तामिल, तेलुगु जस्ता दक्षिण भारतीय विभिन्न भाषामा एकसाथ रिलिज हुँदै छ । यस्तै दक्षिण भारतबाट निर्माण भएको रजनीकान्तको चलचित्र ‘कुली’ पनि दक्षिण भारतका तामिल, तेलुगु, सहित हिन्दी भाषामा रिलिज हुने भएको छ ।

यसरी १४ अगस्ट बिहीबार यस वर्षका यी दुई ठुला चलचित्र बक्स अफिसमा आफसमा जुध्ने भएका छन् । लोकेश कनगराजद्धारा निर्देशित चलचित्र ‘कुली’मा दक्षिण भारतीय अभिनेता अभिनेत्रीहरू रजनीकान्त, श्रुति हसन, नागर्जुना, सौविन साहिर, उपेन्द्र, सत्यराज सहित बलिउड अभिनेता आमिर खानको शीर्ष भूमिका रहेको छ । यसरी दक्षिण भारतबाट निर्माण गरिएको कुलीमा बलिउडका आमिरदेखि दक्षिण भारतका रजनीकान्तसम्म स्टार कास्ट छन् ।

यस्तै बलिउडबाट निर्माण भएको अघिल्लो चलचित्र ‘वार’को सिक्वेलको रुपमा ‘वार–२’ तयार गरिएको हो । आयान मुखर्जी निर्देशित यो चलचित्रमा बलिउड कलाकारहरू ऋतिक रोशन, कियारा आडवाणी, अनिल कपुर, आशुतोष राणासहित दक्षिण भारतीय सुपर स्टार जुनियर एनटीआर शीर्ष भूमिकामा रहेका छन् । यसरी दक्षिण भारतीय चलचित्र ‘कुली’लाई उत्तरी भारतमा चलाउनको लागि बलिउडबाट आमिर खानलाई समेत शीर्ष भूमिकामा उतारिएको छ । यस्तै बलिउड चलचित्र ‘वार २’लाई दक्षिण भारतमा समेत चलाउन दक्षिण भारतका सुपर स्टार जुनियर एनटीआरलाई शीर्ष भूमिकामा उतारिएको हो । यसरी ‘कुली’ र ‘वार २’ दुवैमा बलिउड र साउथ अभिनेताहरू छन् ।

यी दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भएको छ । स्याक्निल्क डट कमको अग्रिम बुकिङ तथ्यांक अनुसार, ‘कुली’को पहिलो दिनमै हिन्दीमा १०.२६ करोड रुपैयाँ र तमिल संस्करणमा १० करोड रुपैयाँभन्दा बढीको अग्रिम टिकट बुकिङ भइसकेको छ ।

अर्कोतर्फ, ‘वार २’ पहिलो दिन ३४.३४ लाख रुपैयाँको अग्रिम टिकट बुकिङ भएको छ । यी दुवै चलचित्र रिलिज हुन अझै ४ दिन बाँकी भएकाले रिलिजसम्म दुवै चलचित्रको अग्रिम बुकिङ धेरै माथि हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार