सलहेस युवा क्लबले उचाल्यो ताप्लेजुङ गोल्डकपको उपाधि
तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ। गतवर्षको उपविजेता सलहेसले ए डिभिजन लिग च्यम्पियन चर्चब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले स्तब्ध पार्दै उपाधि हात पारेको हो। तनावपूर्ण खेलको अन्त्यतिर दुबै टोली १० खेलाडीमा सीमित भएका थिए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७९ औं मिनेटमा सुनिल खड्काले डेडलक तोडेपछि सलहेसले सुरुवाती अग्रता बनाएको थियो।
सुनिलले डी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो। खेलको ८१ औं मिनेटमा सलहेसका फागुराम थारु र चर्चब्वाइजका चन्दन दास एकसाथ रेडकार्ड पाएर मैदानवाट बाहिरिएका थिए।
अतिरिक्त समयको पहिलो मिनेटमा युसुफ मल्लिकले हेडमार्फत् गोल गरेपछि सलहेस २(० को जितसहित च्याम्पियन बन्यो । प्रतियोगितामा युसुफको यो पााचौं गोल थियो।
जितसँगै सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गर्यो । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझायो। सलहेस गतवर्ष मोरङसँग १(० ले पराजित भएको थियो । यस वर्ष चार बिदेसी खेलाडीसहित सहभागी भएको यो मोफसलको टिम हो।