२०८२ कार्तिक ३० गते , आईतबार

झापाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू, ७ लाख ५६ हजारले गराए बिमा

sajilo news
झापा
२०८२ भाद्र ३ गते , मंगलबार
झापाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू, ७ लाख ५६ हजारले गराए बिमा

झापा गाउँपालिकासँग सम्झौता भएसँगै जिल्लाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू भएको छ । भदौ १ गते झापा गाउँपालिकामा स्वास्थ्य बिमा लागू गर्ने सम्झौता भएको हो ।

यसअघि जिल्लाका १४ वटा पालिकामा स्वास्थ्य बिमा लागू भएर झापा गाउँपालिकामा बिमा कार्यक्रम सञ्चालन भएको थिएन । झापा गाउँपालिकाले सम्झौता गरेसँगै जिल्लाभरि नै स्वास्थ्य बिमा लागू भएको बिमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कँडेलले बताइन् ।

२०७४ सालमा पहिलो पटक भद्रपुर नगरपालिकाले स्वास्थ्य बिमा लागू गरेको थियो । त्यसपछि अन्य पालिकाहरूले बिमा कार्यक्रम सञ्चालन गरेका थिए । झापाका ७६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको कार्यालय प्रमुख कँडेलले बताइन् । ७ लाख ५६ हजार २४ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् भने ५० हजार ४७६ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

२०७८ को जनगणना अनुसार झापाको जनसङ्ख्या ९ लाख ९८ हजार ५४ रहेको छ । स्वास्थ्य बिमा गराउनका लागि जिल्लाका १३१ वटा वडामा १७८ जना दर्ता सहयोगी रहेका छन् ।

सम्बन्धित समाचार