२०८२ माघ ५ गते , सोमबार

राप्रपा झापा-३ को क्षेत्रीय अध्यक्षमा रविचन्द्र ओझा चयन

sajilo news
झापा
२०८२ भाद्र ४ गते , बुधबार
राप्रपा झापा-३ को क्षेत्रीय अध्यक्षमा रविचन्द्र ओझा चयन

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा ३ को क्षेत्रीय अध्यक्षमा रविचन्द्र ओझा निर्विरोध चयन भएका छन् ।  भद्रपुरमा आयोजित राप्रपाको क्षेत्रीय अधिवेशनले क्षेत्रीय अध्यक्षमा ओझाको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

निर्वाचित पदाधिकारीहरूलाई राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अबिर लगाएर शुभकामना दिएका थिए । समितिको उपाध्यक्षहरूमा खिवराज भट्टराई, तुलसा आचार्य र वीर बहादुर सिंह राजवंशी रहेका छन् । त्यस्तै सचिवमा हेमराज खनाल, कोषाध्यक्षमा पुनम लिम्बु , सहसचिव शिवलाल गिरी र जय प्रसाद तिम्सिनालाई चयन भएका छन् । 

त्यसैगरी सदस्यहरूमा सुरेन्द्र बाह्रकोटी, बमबहादुर कन्दंवा, सरोजकुमार राई, चक्रप्रसाद ढकाल, पीँकी पौडेल, राधिका भट्टराई, अमृता बोगटी, तेजबहादुर चौंङ्गवाङ, केसमुदीन हक, भरतलाल राजवंशी, शिवकुमार भण्डारी, अर्जुनबहादुर विष्ट छेत्री, सङ्गीता थापा मगर र सोम तामाङ रहेका छन् ।  कार्यवाहक क्षेत्रीय अध्यक्ष तुलसा आचार्यको अध्यक्ष तथा  राप्रपाका अध्यक्ष लिङदेनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार