आजदेखि सिनेमाघरमा ‘माग्ने राजा,‘जनै हराएको मान्छे’ र ‘ताराहरू’
आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ हुन् । सिनेमाघरले हाइप, स्टारकास्ट अनुसार चलचित्रलाई शो वितरण गरेका छन् । सबैभन्दा धेरै केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले देशव्यापी १४४ शो पाएको छ ।
विजय बराल, केकी अधिकारी मिरुना मगर स्टारर ‘जनै हराएको मान्छे’ले कूल ११० शो पाएको छ भने आशान्त शर्मा अभिनित ‘ताराहरू’ले सबैभन्दा न्यून ३० शो मात्र पाएको छ । आशान्तको उक्त चलचित्रलाई ठूला मल्टिप्लेक्सले एक-एक शो दिएका छन् । पल शाह स्टारर ‘मोहर’ले शुक्रबारको लागि ५२ शो पाएको छ । चलचित्र विकास बोर्डअनुसार अहिले मुलुकभर १६५ हल छन् ।
आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ हुन् । सिनेमाघरले हाइप, स्टारकास्ट अनुसार चलचित्रलाई शो वितरण गरेका छन् । सबैभन्दा धेरै केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले देशव्यापी १४४ शो पाएको छ ।‘माग्ने राजा’ अष्ट्रेलियामा पनि आजैदेखि प्रदर्शनमा आएकोे छ ।
ऋषि लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘माग्ने राजा’मा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देललगायतको अभिनय छ । यसमा आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नुभएको हो । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा रहेका छन् ।। ‘माग्ने राजा’ अष्ट्रेलियामा पनि अजैदेखि प्रदर्शनमा आएकोे छ ।
अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा यो चलचित्र रिलिज हुनलागेको हो । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले फिल्म एक सय शोजका साथ रिलिज हुन लागेको जानकारी गराएका छन् ।यस्तै चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा चलचित्रमा विजय, केकीसँगै भोलाराज सापकोटा, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारको अभिनय छ ।
पेपरक्लिप ब्यानरमा बनेको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी तथा कृष्ण परियार सिनेमेटोग्राफर छन् । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा तथा आकाश केसी सहायक निर्देशक रहनुभएको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुनुहुन्छ ।
त्यस्तै आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘ताराहरू’लाई आशान्त शर्माले निर्देशन गर्नुभएको हो । उहाँ स्वयंको मुख्य भूमिका रहेको यो चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । निर्देशक शर्माकै कथा रहेको यो चलचित्र वेज प्रा.लि.को प्रस्तुतिमा बनेको हो । चलचित्रका निर्माता गोपिनी शेडाईं र कृष्णप्रसाद पंगेनी शर्मा रहेका छन् । सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहेका छन् ।