२०८२ माघ ५ गते , सोमबार

जुन दिन म इम्प्याक्ट खेलाडी जस्तो खेल्नेछु, क्रिकेट छाड्छु : विराट कोहली

sajilo news
झापा
२०८२ भाद्र ७ गते , शनिबार
जुन दिन म इम्प्याक्ट खेलाडी जस्तो खेल्नेछु, क्रिकेट छाड्छु : विराट कोहली

विराट कोहलीले गत वर्ष टी–२० क्रिकेटलाई अलबिदा भनेका थिए। त्यसपछि यस वर्ष उनले आफ्नो मनपर्ने फर्म्याट टेस्ट क्रिकेट छाडे। 

अब विराटको एकदिवसीयबाट सन्न्यासको खबरले वातावरण तताएको छ। केही मिडियाले विराटले चाँडै एकदिवसीय फर्म्याटलाई पनि अलबिदा भन्न सक्ने दाबी गरेका छन्। यसैबीच विराट कोहलीको एक बयान बाहिर आएको छ। यसमा उनले कहिले र कसरी क्रिकेटबाट सन्न्यास लिने भन्ने बताएका छन्।

आईपीएल टोली आरसीबीमा विराट कोहलीसँग समय बिताएका युवा ब्याट्सम्यान स्वस्तिक चिकाराले सन्न्यासबारे खुलासा गरेका छन्।

कहिलेसम्म खेल्छन् कोहली ?

स्वस्तिकले रेभस्पोर्ट्सलाई दिएको एक अन्तर्वार्तामा कोहलीले आफ्नो सन्न्यासबारे के भनेका थिए भन्ने कुरा बताए। स्वस्तिकका अनुसार कोहली फिट रहेसम्म क्रिकेट खेलिरहने छन्। स्वस्तिकले भने,ʻविराटले म पूर्ण रूपमा फिट भएसम्म क्रिकेट खेल्नेछु। म इम्प्याक्ट खेलाडी जस्तो खेल्ने छैन। म सिंह जस्तो खेल्नेछु। म २० ओभरसम्म फिल्डिङ गर्नेछु र त्यसपछि ब्याटिङ गर्नेछु। जुन दिन म इम्प्याक्ट खेलाडी जस्तो खेल्नेछु म क्रिकेट छोड्नेछु।ʼ यसैबीच बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले कोहली र रोहित शर्माले एकदिवसीय खेलबाट सन्न्यास लिने खबर झुटो भएको बताएका छन्।

सम्बन्धित समाचार