गोविन्दाको सम्बन्ध विच्छेदको निवेदन अदालतमा, सम्पर्कमा छैनन्
मुम्बई । लामो समयदेखि विवादमा रहेको बलिउड अभिनेता गोविन्द र उनकी पत्नी सुनिता आहुजाको दाम्पत्य सम्बन्धि केही समय यताबाट संकटमा बितिरहेको छ । शुक्रवार एकाएक सुनिताले गोविन्दासँगको दाम्पत्य सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिएको खबरले बलिउड तात्यो । उनीहरूका फ्यान चकित भए ।
रिपोर्ट अनुसार सुनिताले अभिनेता गोविन्दलाई अर्की महिलासँग सम्बन्ध रहेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्ने निर्णय सहित सम्बन्ध विच्छेदको निवेदन पनि दर्ता गरेकी छिन् । गोविन्द र सुनिता आहुजा ३७ वर्ष देखि दाम्पत्य सम्बन्धमा छन् ।
सुनिताले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेको खबर बाहिरिएको हो । सुनिताले गोविन्दलाई ‘प्रेम–विवाहमा धोका दिएको, पीडा दिएको र छुट्टै बसेको’ आरोप लगाएकी छिन् । उनले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) ( आइ, आइए, आइबी) अन्तर्गत सम्बन्ध विच्छेदको माग गरेकी छिन् ।
यसैबिच शनिवार पत्नी सुनिताले ‘इन्स्टा ग्राम’मा एउटा भिडियो सार्वजनिक गर्दै पति गोविन्दालाई ‘चिची तिमी जहाँ भए पनि घर आऊ’ भनेर अनुरोध गरेकी छिन् । उनले सम्बन्ध विच्छेदको हल्लाको पछि नलाग्न पनि गोविन्दालाई अनुरोध गरेकी छिन् । सुनिताले यसो भनिरहँदा बान्द्रा पारिवारिक अदालतले सुनिता र गोविन्दालाई छलफलको लागि बोलाएको छ । तर गोविन्दा सम्पर्कमा आएका छैनन् ।
चार महिना अघि देखि नै गोविन्द अलग बस्तै आएका छन् । नियमित मधपानका कारण पत्नी सुनिताले परिवारमा कलह मच्चाउँदै आएपछि उनी अलग बस्न थालेको बताइएको छ । यद्यपि, अहिलेसम्म यस विषयमा गोविन्दबाट कुनै प्रतिक्रिया आएको छैन ।
यस वर्ष फेब्रुअरीमा पनि गोविन्द र सुनिताको बिछोडको खबर आएको थियो, जसमा भनिएको थियो कि निरन्तर भिन्नता र फरक जीवनशैलीका कारण दुई बिचको दूरी बढ्दै गएको छ । तर अहिलेसम्म यस बारेमा कुनै आधिकारिक सूचना जारी गरिएको छैन ।