लुना लुइँटेलले जितिन् मिस नेपाल-२०२५ को उपाधि
मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छिन्। मिस नेपाल अर्थ भने सोनी घले भएकी छिन्। मिस कस्मो दिपशिखा नेपाल बनेकी छिन्। मिस नेपालको यो ३१औँ संस्करण हो। फाइनल कार्यक्रममा विभिन्न १५ सहविधामा समेत उपाधि वितरण गरिएको थियो ।
जसमा मिस हेल्दि स्किन : आरती थापा, मिस कन्फिडेन्ट : प्रज्ञिका क्षेत्री, मिस ग्रीन भिजिनरी : जगदीश्वरी शाह, मिस प्रिष्टिन : प्रियंका थापा, मिस टाइमलेस इलिजेन्स : उरुषा भण्डारी, मिस फेस अफ द इयर : स्मृति श्रेष्ठ, मिस इम्पावर्ड च्वाइस : दीपशिखा नेपाल, मिस डिलाइटफुल ह्याप्पीनेस इन्टिलिजेन्ट : लुना लुइँटेल, मिस ब्युटिफुल हेयर : सइच्छा थापा, मिस पपुलर च्वाइस : उरुषा भण्डारी, मिस फोटोजेनिक : स्मृति श्रेष्ठ, मिस फेस अफ फार्मेसी : स्मृति श्रेष्ठ, मिस ब्युटी विथ अ पर्पस : श्रृष्टिकुमारी तामाङ, मिस इन्टलेक्चुअल : श्रुति महर्जन र मिस वुमन विथ विंग्स : नीलिमा पोखरेल बनेकी छिन्। यस वर्षका लागि देशका विभिन्न शहरमा सम्पन्न अडिशनमार्फत छानिएका २६ प्रतियोगीबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो ।