२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा मनाइयो १५००औं मोहम्मद जयन्ती

sajilo news
झापा
२०८२ भाद्र २० गते , शुक्रबार
भद्रपुरमा मनाइयो १५००औं मोहम्मद जयन्ती

भद्रपुर । झापाको भद्रपुरमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५००औं जन्मोत्सव मनाइएको छ । मोहम्मद जयन्तीको अवसरमा मदरसा अञ्जुमन इस्लामिया, जामा मस्जिद र नेरी जामा मस्जिद भद्रपुरको संयुक्त आयोजनामा वृहत् शान्ति र्‍याली निकालेको थियो ।

भद्रपुर-५ स्थित जामा मस्जिद अगाडिबाट निकालिएको शान्ति र्‍याली भद्रपुर बजार परिक्रम गरी बसपार्क, गिरीचोक, भानुचोकबाट पुनः मस्जिद अगाडि पुगेर समापन भएको थियो । र्‍यालीमा बालबालिकादेखि वयस्कसम्म सयौँ इस्लाम धर्मावलम्बीहरुको उपस्थिति थियो । 

मदरसा अञ्जुमन इस्लामियाको अध्यक्ष तालिम शेखको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, २ नम्बर वडा अध्यक्ष राम कँडेल, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य डिल्ली घिमिरे हिकमत, नेकपा एमालेका नगर सचिव डिल्लीराम पोखरेल र नेपाली काँग्रेसका अनिता रिजाल लगायते शुभकामना मतव्य राखेकाको कार्यक्रमको सञ्चालन जामा मस्जिदका अध्यक्ष जाहिर रहमानले गरेका थिए । मोहम्मद जयन्तीकै अवसरमा झापाका ६ पालिकाले आज स्थानीय बिदा समेत दिएका थिए । 
 

सम्बन्धित समाचार