२०८२ माघ ५ गते , सोमबार
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै मन्त्रिपरिषद् बैठक बस्ने तयारी
अन्तरिम सरकारको मन्त्रिपरिषद् आजै गठन हुने भएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै शुशिला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने जानकारी दिए। उनले आजै ९ बजे सथपग्रहण हुने पनि जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी गरेका हुन्।
उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। बैठकको सिफारिसमा राष्ट्रपतिले संवैधानिक विशेषअधिकारअनुसार संसद् विघटन गर्ने स्रोतले जनाएको छ।