२०८२ फाल्गुन २२ गते , शुक्रबार
झापामा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो
झापा जिल्लामा लगाइएको कर्फ्यू पूर्ण रुपमा हटाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार गत भाद्र २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन पश्चात् जिल्लाको शान्ति सुव्यवस्था कायम गरी जनजीवन सामान्य बन्दै गएकोले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर लगाइएको कर्फ्यू पूर्ण रुपमा हटाएको बताए । दुई दिनको हिंसात्मक आन्दोलन पश्चात् प्रशासनले आज बिहान ६ बजेसम्म जिल्लामा कर्फ्यु लगाएको थियो ।
