२०८२ माघ ५ गते , सोमबार

अमेरिकाको चर्चमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ आश्विन १३ गते , सोमबार
अमेरिकाको चर्चमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ। ग्रान्ड ब्ल्याक सहरस्थित जिसस क्राइस्ट अफ लेटर डे सान्ट्स चर्चमा गाडीमा प्रवेश गरेको बन्दुकधारीले गोली प्रहार गरी ४ जनाको हत्या गरेको र चर्चमा आगजनी गरेको प्रहरीले जनाएको छ। 

आइतबार बिहानको प्रार्थनाका क्रममा ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड नामक बन्दुकधारीले स्वचालित राइफलबाट गोली चलाएको र आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको एजेन्सीहरुले जनाएका छन्। 

आगलागीले चर्चलाई ठूलो क्षति पुगेको र केही मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ। घटनाको कारण खुल्न सकेको छैन। हत्या र आगजनीपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

यसअघि अमेरिकाको नर्थ क्यारोलियना राज्यस्थित साउथपोर्ट सहरमा बन्दुकधारीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको थियो। त्यसको केही घण्टामै मिशिगनमा गोलीकाण्ड भएको हो। 
 

सम्बन्धित समाचार