२०८२ कार्तिक ३० गते , आईतबार

कनकाई माई खोलामा भेटिएको शव इलामका तामाङको भएको पुष्टि

sajilo news
झापा
२०८२ आश्विन २१ गते , मंगलबार
कनकाई माई खोलामा भेटिएको शव इलामका तामाङको भएको पुष्टि

दुई दिनअघि झापाको कनकाई –४ कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागमा मृत फेला परेका इलामका ५५ वर्षीय गजुरमान तामाङ आफ्नै घरबाट बगेको खुल्न आएको छ ।

असोज १८ गते राति परेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले इलाम.नगरपालिका– १० गोदक बस्ने तामाङलाई आफ्नै घरबाट बगाई बेपता बनाएको थियो । आफ्नै घरबाट बगाई बेपता भएको खबर पाएपछि भोलिपल्ट बिहानदेखि प्रहरी चौकी तिनघरे इलामका प्रहरी सहायक निरीक्षक रमेशकुमार माझीको कमान्डमा प्रहरी टोली खटिएर खोजतलास भइरहेको थियो ।

यता भोलिपल्ट बिहान ११ः५० बजे कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागको डिलमा उनी मृत फेला परेका थिए । झापामा तामाङको शव फेला परेको भोलिपल्ट हिजो मात्र पहिचान खुलेको हो । उनका छोरा दावा तामाङले पहिचान गरेका हुन् । मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

 

सम्बन्धित समाचार