२०८२ कार्तिक ३० गते , आईतबार
बाढीले झापा गाउँपालिकाका ५० वटा घर भत्कायो, बाढीपीडितको बिजोग
बाढीग्रस्त झापा गाउँपालिकाका करिब ५० वटा घर कनकाई माई खोलाको बाढीले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । माई खोलाको बाढीले डुबान गर्दा वडा नं १ र २ का त्यति घर भत्किएका हुन् ।
ती घरहरू बस्न नसक्ने अवस्थामा पुगेका छन् । अन्य घरहरूमा सरसफाइ र पुनर्निर्माण गरेर बस्न मिल्ने भए पनि केही घरहरू काम नै नलाग्ने अवस्थामा पुगेको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । उनले ती घरहरूलाई पालिकाले बनाइदिन लागेको जानकारी दिए ।
‘ पालिकासँग केही बजेट छ र केही बजेट कोशी प्रदेश सरकारसँग माग्छौँ’ उनले भने,‘ ती घरहरू निर्माण गरिदिनै पर्ने छ ।’ झापा गाउँपालिकामा ३४३२ घरधुरी बाढीबाट प्रभावित भएका छन् ।