२०८२ माघ ५ गते , सोमबार
गाजामा फेरि इजरायलको आक्रमण
दक्षिणी गाजामा इजरायलले ड्रोन आक्रमण गर्दा दुईजनाको मृत्यु भएको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ४८ घण्टामा आठ प्यालिस्टिनी मारिएका छन्। १३ जना घाइते भएका छन्।
हमासले बन्धकको शव फिर्ता गर्न ढिलाइ गरेको भन्दै इजरायली पक्षले आक्रमणको बचाउ गरेको छ। हमासलाई शवको स्थान यकिन भएर पनि हस्तान्तरणमा ढिलाइ गरेको उनीहरुको आरोप छ। यसैबीच गाजामा जारी नाजुक युद्धविरामबीच हामासले थप एक इजरायली बन्धकको शव फिर्ता गरेको छ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम अन्तर्गत हामासले २८ मृत बन्धकका शव फिर्ता गर्ने सहमति गरेको थियो। सोमबारसम्म १६ जनाका शव बुझाइसकेको हमासले अझै बाँकी शव फिर्ता गर्न नसक्दा बन्धकका परिवारले इजरायल सरकारलाई युद्धविराम स्थगित गर्न आग्रह गरेका छन्।