विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी सीमा नाकामा संयुक्त गस्ती
 
		भारतको विहारमा हुने विधान सभा निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त रुपमा गस्ती गर्न थालेका छन् । विधान सभा निर्वाचनसँगै सीमा हुने असुरक्षा, लागूऔषधको बेचबिखन, ओसारपसार र चोरी तस्करी बढेपछि दुवै तर्फबाट संयुक्त गस्ती थालिएको हो ।
हिजो दिउँसो भद्रपुर गलगलिया सीमा नाकामा पर्ने पिलरहरूको वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी दयाराम पौडेल, बिहार पुलिसका सब–इन्स्पेक्टर राकेश कुमार, सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारबाट केतन सालुङ्गेसहितको संयुक्त टोलीले गस्ती गरेको हो । गस्तीपछि दुवै पक्षबीच बोर्डर सुरक्षा सम्बन्धी छलफल भएको थियो ।
त्यस्तै हिजो बिहान प्रहरी चौकी मेचीपारीबाट प्रहरी सहायक निरीक्षक आमासुलाल राजवंशी, सशस्त्र प्रहरी बल बाहिनी २ नम्बर गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोतीलाल कर्माचार्य, सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारबाट सब–इन्स्पेक्टर वैजनाथ सरकटासहितको १४ जनाको संयुक्त गस्ती टोलीले भद्रपुर ३ मा रहेको सीमा नाकाको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
 
      
       
      
		 
		 
			.jpg) 
			 
			 
			 
					 
					 
					 
					.jpg) 
			.jpg) 
			.jpg) 
			 
					 
					 
			.jpg) 
			