२०८२ कार्तिक १४ गते , शुक्रबार

चारआली जंगलमा आगजनी गरिएको गाडी शिवसताक्षीका शर्माको भएको खुलासा

sajilo news
झापा
२०८२ कार्तिक १३ गते , विहीबार
चारआली जंगलमा आगजनी गरिएको गाडी शिवसताक्षीका शर्माको भएको खुलासा

झापा मेचीनगर – १३ स्थित चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र आज बिहान ११ बजे  आगजनी गरिएको कारको पहिचान खुलेको छ । उक्त कार शिवसताक्षी नगरपालिका-१० माइधारका ३३ वर्षीय सरोज शर्माको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा शर्माको चप्पलसमेत फेला परेको छ । शर्मा कारमा आगजनी गरेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी ४ दिन अघिदेखि मोबाइल अफ गरेर परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ । उनको खोजी भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार