२०८२ माघ ५ गते , सोमबार
भारतको छत्तीसगढमा रेल दुर्घटना, यात्रु रेल र मालगाडी आमने-सामने ठोक्किए
बिलासपुर (भारत) । भारतको छत्तीसगढ राज्यस्थित बिलासपुरमा मंगलबार साँझ करिब चार बजे भीषण रेल दुर्घटना भएको छ। हावडा रुटमा गुडिरहेको पैसेंजर रेल (ट्रेन नम्बर ६८७३३) र एक मालगाडी आमनेसामने ठोक्किँदा ठूलो दुर्घटना भएको हो।
ठोक्किएपछि पैसेंजर रेलका धेरै डिब्बा रेल लाइनबाट छेउतिर पल्टिएका छन्। घटनापछि स्थानिय क्षेत्रमा अफरातफरी र त्रासको माहौल छाएको छ।
स्थानीय प्रशासनका अनुसार दुर्घटनामा धेरै यात्रु घाइते र केहीको मृत्यु भएको आशंका गरिएको छ। घाइतेहरूलाई उद्धार गरेर नजिकैका अस्पतालमा पठाइएको छ। रेलवे र उद्धार टोली तत्काल घटनास्थलतर्फ पठाइएको र राहत कार्य तीव्र गतिमा चलिरहेको अधिकारीहरूले जनाएका छन्। दुर्घटनापछि हावडा रेल रुटमा सम्पूर्ण आवागमन रोकिएको छ। दुर्घटनाको कारणबारे छानबिन भइरहेको बताइएको छ।