२०८२ कार्तिक २० गते , विहीबार

जेनजी आन्दोलनमा लुटिएका हतियार बिर्तामोडमा फेला

sajilo news
झापा
२०८२ कार्तिक १९ गते , बुधबार
जेनजी आन्दोलनमा लुटिएका हतियार बिर्तामोडमा फेला

जेनजी आन्दोलनको क्रममा झापाको बिर्तामोडमा एउटा हतियार र गोली फेला परेको छ । बिर्तामोड नगरपालिका ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा बुधबार दिउँसो ४:४५ बजेको समयमा ०३११००८७२ नम्बरको एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत  र २ राउन्ड बेसाबुत गोली  फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । 

फेला परेको हतियार भदौ २४ गते  जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याइ राखिएको डीएसपी खडकाले बताए । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको उनको भनाई छ । 

सम्बन्धित समाचार