२०८२ कार्तिक २० गते , विहीबार
बिर्तामोडबाट भागेका ८८ थुनुवा कहाँ छन् ?
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका एक थुनुवा पक्राउ परेका छन् । हिजो बिहान बिर्तामोड-३ बाट सोही ठाउँ बस्ने वर्ष २६ का वीरबहादुर राजवंशी पक्राउ परेका हुन् ।
जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट लागूऔषध मुद्दाका आरोपी राजवंशी फरार भएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरी इप्रका बिर्तामोडमा राखेको छ ।
जेनजी आन्दोलनका क्रममा झापाबाट ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ४ जना पक्राउ परेका छन् भने ८८ जना अझै फरार छन् ।