२०८२ कार्तिक २० गते , विहीबार

झापामा बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्दा करेन्ट लागेर युवकको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक २० गते , विहीबार
झापामा बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्दा करेन्ट लागेर युवकको मृत्यु

झापामा इन्टरनेट विस्तारका लागि केबलको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ का १९ वर्षीय आशीष खनाल रहेका छन् ।  कमल गाउँपालिका ६ मंगलबारे स्थितमा फस्ट लिंक (वाईफाई) कम्पनीमा काम गर्ने खनाल कार्तिक ११ गते बिजुलीको पोलमा चढी केबलको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर भुईँमा झरेका थिए ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनीलाई दमकस्थित आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको भन्दै उपचार सम्भव नहुने जानकारी परिवारलाई गराएका थिए। त्यसपछि घर फर्काउने क्रममा हिजो उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

सम्बन्धित समाचार