२०८२ कार्तिक २० गते , विहीबार

विहारका उपमुख्यमन्त्रीको समूहमाथि चप्पल र गोबर प्रहार

sajilo news
इलाम
२०८२ कार्तिक २० गते , विहीबार
विहारका उपमुख्यमन्त्रीको समूहमाथि चप्पल र गोबर प्रहार

लखीसराय । बिहारमा बिहीबार भएको विधानसभाको पहिलो चरणको मतदानका क्रममा लखिसरायमा उपमुख्यमन्त्री विजय सिन्हाको टोलीमाथि चप्पल प्रहार भएको छ । उनीहरूमाथि गोबरसमेत फालिएको छ । यो घटनापछि त्यहाँ भागदौडको स्थिति सिर्जना भएको थियो । 

आफ्नो समूहमाथि भएको यस आक्रमणपछि उपमुख्यमन्त्री सिन्हाले लखीसरायका एसपीलाई ‘कायर र कमजोर’ भएको आरोप लगाए । उनले राजदका समर्थकहरूले पोलिङ एजेन्टलाई बुथमा जानबाट रोकेको पनि आरोप लगाएका थिए । 

सिन्हाका अनुसार ४०४ र ४०५ नम्बर बुथमा उनको गाडीमा तोडफोड गरिएको थियो र अति पिछडा वर्ग तथा अनुसूचित समाजका मानिसहरूलाई बुथमा जानबाट रोकिएको थियो ।

यसैबिच सिन्हाको समूहमाथि भएको आक्रमणपछि मुंगेरका डीआईजीले यस घटनाका लागि जो जिम्मेवार हुनेछ, उसलाई कडा कारबाही गरिने बताएका छन् । डीआईजीले भने, ‘मैले स्थानीय उम्मेदवार र उपमुख्यमन्त्रीसँग कुरा गरेको छु, यस घटनाका लागि जो कोही जिम्मेवार हुनेछ, उसलाई कडा कारबाही गरिनेछ ।’

मुंगेर रेन्जका डीआईजी राकेश कुमारले यस विषयमा हाल अनुसन्धान चलिरहेको जानकारी दिए । उनले आफ्नो मातहतमा रहेका मुंगेर, लखीसराय र शेखपुरा गरी तीनवटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा चलेको बताए । 

सम्बन्धित समाचार