२०८२ माघ ५ गते , सोमबार

सहकारी ठगीका फरार अभियुक्त झापाका तामाङ पक्राउ

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
सहकारी ठगीका फरार अभियुक्त झापाका तामाङ पक्राउ

सहकारी ठगीका फरार अभियुक्त झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् । बुद्धशान्ति–१ जुनेली बस्ती बस्ने ४४ वर्षीय तामाङलाई आफ्नै घरबाट प्रहरीले हिजो दिउँसो पक्राउ गरेको हो ।
ठगी मुद्दामा जिल्ला अदालत इलामबाट २०७५ बैशाख १०गतेको फैसलाले उनलाई २ वर्ष कैद र ५० लाख ३० हजार २६५ रुपैयाँ जरिवाना तोकिएको थियो । ठगीपछि उनी फरार रहेका थिए ।

सम्बन्धित समाचार