२०८२ माघ ५ गते , सोमबार
दमकमा प्रहरीमाथि आक्रमण गर्ने थप दुईजना पक्राउ
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । उनीहरूलाई गएराति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका दमकको कार्यालय परिसर तोडफोड र आगजनी गरेको उनीहरूमाथि आरोप लागेको हो । योसँगै इप्रका दमकमा आक्रमण गर्ने ६ जना पक्राउ परिसकेका छन् ।