२०८२ माघ ५ गते , सोमबार

बिहारमा विधानसभा चुनाव, दोस्रो चरणको मतदान आज

sajilo news
एजेन्सी
२०८२ कार्तिक २५ गते , मंगलबार
बिहारमा विधानसभा चुनाव, दोस्रो चरणको मतदान आज

भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ। आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो। आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने छ। १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।  यी मध्ये ११६५ पुरुष उम्मेदवार, १३६ महिला उम्मेदवार र एक तेस्रो लिङ्गी छन्। 

दोस्रो चरणमा ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन्। जसमा १ करोड ९५ लाख पुरुष मतदाता छन् भने १ करोड ७४ लाख महिला मतदाता छन्। त्यस्तै ४ लाख ४ हजार अपाङ्ग मतदाता छन् । त्यसैगरी ६३ हजार ३७३ सेवा मतदाता, ९४३ तेस्रो लिङ्गी र ४३ एनआरआई मतदाता रहेका छन्।

यसअघि १२१ सिटका लागि पहिलो चरणको मतदान गत विहिबार भएको थियो। विधानसभा चुनावको नतिजा नोभेम्बर १४ मा घोषणा गरिदैछ।  पहिलो चरणमा रेकर्ड ६४ दशलमव ६६ प्रतिशत मतदान भएको रेकर्ड गरिएको थियो। यो विहारमा भएको विधान सभा निर्वाचनको अहिलेसम्म भएको सबैभन्दा धेरै मतदान हो।

२४३ सिट रहेका विहार विधान सभामा यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो।

सम्बन्धित समाचार