२०८२ माघ ५ गते , सोमबार

बिहार चुनावमा एनडीएलाई बहुमत, कसको कति सिटमा अग्रता ?

sajilo news
एजेन्सी
२०८२ कार्तिक २८ गते , शुक्रबार
बिहार चुनावमा एनडीएलाई बहुमत, कसको कति सिटमा अग्रता ?

बिहार विधानसभा चुनावको मतगणना जारी छ। अहिलेसम्मको मतगणना पछि ट्रेन्डमा एनडीए २०० भन्दा बढी सिटमा अगाडि रहेको र महागठबन्धनले करिब ३५ सिटमा अग्रता लिएको देखाइएको छ। एनडीएले १६५ सिट जितेकोमा महागठबन्धनले २६ सिट जितेको छ । 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार भाजपाले ७८ सिट जितेको छ भने जेडीयूले ६५ सिट जितेको छ।  हट सिट हेर्ने हो भने उपमुख्यमन्त्री सम्राट चौधरीले तारापुर सिटमा ४५ हजारभन्दा बढी मतले जितेका छन्।

यसैबीच पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले राघोपुर सिट १४,००० भन्दा बढी मतले जिते। उनको पार्टी आरजेडी केवल २५ सिटमा अगाडि छ। यसैबीच आरजेडीबाट अलग भएर आफ्नै पार्टी बनाएका तेज प्रताप यादव महुआ सिटमा तेस्रो स्थानमा छन्। लोक जनशक्ति पार्टी ९रामविलास० का उम्मेदवार संजय कुमार सिंह ४४,००० भन्दा बढी मतले अगाडि छन्।

राज्यको २४३ सिटको लागि मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा भएको थियो। राज्यमा १९५१ पछि सबैभन्दा बढी ६७.१३५ मतदाता मतदान भएको रेकर्ड गरिएको छ। यो अघिल्लो विधानसभा चुनावको तुलनामा ९.६५ बढी हो।

सम्बन्धित समाचार