भद्रपुरको मेची पुलमा ब्राउन सुगरसहित चार युवक पक्राउ
भद्रपुरको मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । आज दिउँसो ४:४० बजेको समयमा भद्रपुर नगरपालिका-५ मेची पुल बिटमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री हल्दिबारी गाउँपालिका-३ का ३१ वर्षीय अनुप महतोलाई शङ्का लागि चेकजाँच गर्दा प्लास्टिक सहित १० ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनले मलद्वार भित्र प्लास्टिकको पोका पारी लुकाइछिपाई ब्राउन सुगर भित्राउन खोजेका थिए । त्यस्तै आजै साँझ ७ बजेको समयमा मेची पुलबाटै बिर्तामोड-३ कंचनजङगा का ३० वर्षीय देवराज श्रेष्ठको गोजीबाट प्लास्टिकसहित-२ ग्राम ४२० मिलिग्राम, बिर्तामोड-५ शान्ति टोलका ४० वर्षीय रामकुमार मौलीलाई प्लास्टिकसहित ३ ग्राम २५० मिलिग्राम र हल्दिबारी-३ जलथलका २० वर्षीय सुफर मडीलाई प्लास्टिकसहित ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।