२०८२ कार्तिक ३० गते , आईतबार

झापामा एक बलात्कार आरोपी पक्राउ

sajilo news
झापा
२०८२ कार्तिक २९ गते , शनिबार
झापामा एक बलात्कार आरोपी पक्राउ

झापामा २७ वर्षीया महिलामाथि बलात्कार भएको आरोपमा ४२ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।

घटना कात्तिक २७ गते साँझ करिब ६ बजे भएको बताइएको छ। पीडित महिला करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी थिइन्। सोही बेला घाँस काट्न निस्केकी ती महिलालाई आरोपित पुरुषले जबरजस्ती हात समातेर तानेर, महिलाले सञ्चालन गर्दै आएको पसलभित्र लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

पीडित पक्षका अनुसार घटनापछि महिलाको माइती पक्षका एक सदस्यले कात्तिक २८ गते दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गराएका थिए। 

सम्बन्धित समाचार