२०८२ पौष १ गते , मंगलबार
खेल्ने क्रममा कुर्सीबाट लडेर भद्रपुरमा एक बालकको मृत्यु
भद्रपुरमा कुर्सीबाट लडेर एक जना बालकको मृत्यु भएको छ । हिजो साँझ सवा ५ बजे भद्रपुर-२ गौरीशङ्कर बस्ने ध्रुव राईका छोरा वर्ष ६ का आयन राई आफ्नै घरको आँगनमा खेल्ने क्रममा कुर्सीबाट लडेर अचेत भएका थिए । उनका बुबाले देखेर तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । बालकको भवितव्यले मृत्यु भएको भन्दै मृतकका बुवाले पोस्टमार्टम गर्न नदिई आवश्यक समन्वय गरी शव बुझेर लगेको प्रहरीले जनाएको छ ।