२०८२ पौष १ गते , मंगलबार
खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल बरामद
पर्साको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल जिराभवानी गाउँपालिका–१ बलुवा गाउँबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।