२०८३ बैशाख ६ गते , आईतबार
कोरियन भाषा परीक्षा आजदेखि
वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ।
सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सुरु हुन लागेको हो।
उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने गरी गर्न लाएिको इपिएस शाखाले जनाएको छ। भाषा परीक्षामा एक लाख दुई हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेको जनाएको छ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको छ। कृषि तथा पशुपालन क्षेत्रमा परीक्षार्थी ३५ हजार छन्।