२०८२ माघ ५ गते , सोमबार

झापाको झिलझिलेबाट फरार थप दुई थुनुवा पक्राउ

sajilo news
झापा
२०८२ मंसीर १ गते , सोमबार
झापाको झिलझिलेबाट फरार थप दुई थुनुवा पक्राउ

झापाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट फरार थप दुई थुनुवा पक्राउ परेका छन् । हिजो दिउँसो ४ः३० बजे शिवसताक्षीस्थित इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी –४ बस्ने २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही ठाउँ बस्ने ४० वर्षीय नन्दकिशोर शाहलाई उनीहरूको घरबाटै पक्राउ गरेको हो । उनीहरूलाई इप्रका झिलझिलेमा राखिएको छ । लागूऔषध मुद्दामा म्याद थप भई कसुर अनुसन्धान भइरहेकोमा जेनजी आन्दोलनका क्रममा उनीहरू फरार भएका थिए ।

हिजै अर्का फरार थुनुवा पक्राउ परेका थिए । सवारी अङ्गभङ्ग मुद्दामा पक्राउ परी अनुसन्धान भइरहेका कचनकवल –६ घर भई हाल काठमाण्डौं दक्षिणकाली ३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल पनि पक्राउ परेका हुन् । उनी पनि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इप्रका झिलझिलेको हिरासतबाट भागेका थिए ।

इप्रका झिलझिलेबाट ५ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ३ जना पक्राउ परेका हुन् । जेनजी आन्दोलनका क्रममा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका इप्रका दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये हालसम्म १० जना मात्र पक्राउ परेका छन् भने ८२ जना फरार नै रहेका छन् ।

सम्बन्धित समाचार