२०८२ माघ ५ गते , सोमबार
झापा उद्योग वाणिज्य संघको रक्तदानमा ४४ पिन्ट रगत संकलन
भद्रपुर । भद्रपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको छ । विश्व एड्स दिवसको अवसरमा झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति झापा भद्रपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ४४ जना रक्तदान गरेका थिए । झापाका ब्लड बैङ्कहरूमा रगतको अभाव बढिरहेको कुरालाई मध्यनजर गरी संघले रक्तदान कार्यक्रम गरेको संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा कार्यक्रममा संघका विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनाली, सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका डीएसपी रोहितकुमार घिमिरेलगायत सशस्त्र प्रहरी, नेपाल प्रहरीले, उद्योगी व्यवसायीले रक्तदान गरेका थिए ।